जता–जता रवीन्द्र, उतै–उतै सुशिला !

पाेखरा | असोज १२, २०७९

जता–जता रवीन्द्र, उतै–उतै सुशिला !

पोखराः विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लागेका रवीन्द्र मिश्र आज औपचारिक कार्यक्रममार्फत भित्रिँदैछन् । 

 

विवेकशील साझाकै गण्डकी प्रदेश संयोजक रहेकी सुशिला केसी अधिकारी पनि यही मेसोमा राजीनामा सार्वजनिक गरी मिश्रसँगै राप्रपा भित्रिने भएकी छिन् । यसअघि पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी केसीले हिजोमात्रै सामाजिक सञ्जालमार्फत राजीनामा दिएकी हुन् । 

 

अधिकारीले दिएको राजीनामामा उनीसँगै केन्द्रीय सदस्यहरु अमृत पुडासैनी, अर्जुनप्रसाद खनाल र हरिप्रसाद गौतमसमेत रहेका छन् । उनीहरु पनि राप्रपा प्रवेश गर्ने अधिकारीले जानकारी दिइन् ।

 

आज राप्रपा प्रवेशपछि एक हप्ताभित्र पार्टीले जिम्मेवारी दिने अधिकारीको भनाई छ । ‘हामी अरु पार्टीजस्तो यो वा त्यो जिम्मेवारी देउ भनेर झगडा गर्दैनौ’ अधिकारीले भनिन् ‘न्यायपूर्ण समायोजन हुनेछ ।’

 

तर यसअघि विवेकशील साझाको प्रदेश जिम्मेवारी सम्हालेकी अधिकारीले राप्रपाबाट पनि सोही हैसियतको पद पाउन भने मुस्किल छ । 

 

अब मिश्रसँगै राजाको लाइनमा लाग्नु हुने पक्को हो भन्ने प्रश्नमा उनले भनिन् ‘म पार्टी प्रवेश कार्यक्रमकालागि काठमाण्डौं जान एयरपोर्टमा छु, पछि विस्तृतमा कुरा गरौंला ।’ 
 

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्

काठमाडौं:  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो ...

थप पढ्नुहोस्